Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना परीक्षणका लागि प्रयोगशाला थप गर्ने सरकारको तयारी

कोरोना परीक्षणका लागि प्रयोगशाला थप गर्ने सरकारको तयारी

  • सोमवार, आषाढ २२ २०७७

  • 608
    SHARES

  • कोरोना परीक्षणका लागि प्रयोगशाला थप गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला थप गर्ने भएको छ । एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो संख्या बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी गराउनुभयो ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गर्नुभयो ।

    परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकार निरन्तररुपमा यसको विरुद्ध खटिरहेको मन्त्री ढकालको भनाइ छ ।

     


    सोमवार, आषाढ २२ २०७७०३:५९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij