Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारमा संलग्न नेतालाई पनि कारबाही गर्नुपर्छः प्रेम सुवाल

भ्रष्टाचारमा संलग्न नेतालाई पनि कारबाही गर्नुपर्छः प्रेम सुवाल

  • आइतवार, फाल्गुण ६ २०८०

  • 455
    SHARES

  • भ्रष्टाचारमा संलग्न नेतालाई पनि कारबाही गर्नुपर्छः प्रेम सुवाल

    काठमाडौं। नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले भ्रष्टाचारमा संलग्न नेताहरुलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको बैठकमा आज सम्बोधन गर्दै उहाँले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न भिआइपीहरुलाई सफाइ दिन नहुने बताउनुभएको हो।

    उहाँले भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गरी सुशासन कायम गर्नुपर्ने बताउनुभयो। भारतले नेपाललाई सुक्ष्म व्यवस्थापनका लागि सहयोगको नाममा हात हालिरहेको भन्दै यसतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले न्यायाधीश भागबण्डाको अन्य हुनुपर्ने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘भारतसँग नेपालको गोर्खा भर्ती, सुरक्षा मामिला, कालापानीमा भारतीय सेना, सुस्तामा नेपाली भुमि अतिक्रमण, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत सन्धि सम्झौताबारे विवाद यथावत छ । तर भारतकै पैसामा भारततिर प्रधानमन्त्री, मन्त्री, सांसदहरुको भ्रमण भइरहेको छ। नेपालसँग के प्रधानमन्त्री भ्रमण गर्ने समेत पैसा छैन ?’

    भारतीय दुताबासबाट सोझै २० करोडको योजना छनौट पनि बन्द हुनुपर्ने उहाँले बताउनुभयो।भारतले नेपाललाई सुक्ष्म व्यवस्थापन गर्न सहयोगको नाममा हात हालिरहेको उहाँले बताउनुभयो। आफ्नो देशका जनतालाई पहिले हेर्न जरुरी रहेको उहाँको भनाइ छ।


    आइतवार, फाल्गुण ६ २०८००१:४९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij