Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा अर्चना

राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा अर्चना

  • आइतवार, फाल्गुण ६ २०८०

  • 492
    SHARES

  • राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा अर्चना

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी पुगेर पुजा अर्चना गर्नुभएको छ। पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतको माधवनारायण मेलामा सहभागी हुन तथा पुजा अर्चना गर्न उहाँ आज काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित शालीनदी जानुभएको हो।

    सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चनासँगै शालीनदीमा जल अभिषेक गर्नुभयो। उहाँले वज्रयोगिनी मन्दिरमा समेत दर्शन एवम् पूजा अर्चना गर्नुभयो ।

    राष्ट्रपति पौडेल शालीनदी पुग्दा उहाँलाई सांसदद्वय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, नगरप्रमुख, उपप्रमुख, माधवनारायण मेलाका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो।

    सांसदहरुले शालीनदीमा राष्ट्रप्रमुख पहिलोपटक आएको भन्दै स्थानीय बासिन्दा हर्षित भएको बताउनुभयो ।


    आइतवार, फाल्गुण ६ २०८००१:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij