Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

  • आइतवार, फाल्गुण ६ २०८०

  • 461
    SHARES

  • बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताउनु भएको छ।

    आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेको प्रश्नको जवाफ दिँदै जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताउनु भएको हो ।

    शुक्रबार बालकुमारी घटना जाँचबुझ आयोगले उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो। उक्त प्रतिवेदन मन्त्री श्रेष्ठले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र त्यहाँ उक्त प्रतिवेदन आफूले बुझ्ने बताउनुभयो।

    यस्तै प्रधानमन्त्री प्चण्डले सरकारले यस घटनापछि गरेका कामबारे गलत सूचना प्रवाह भइरहेको पनि बताउनुभयो।

    सरकारले उक्त घटनापछि घटनाममा संलग्नहरूलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको पनि बताउनुभयो। यसलाई सरकारले गम्भीर रूपमा लिएकै कारण संलग्नहरूलाई निलम्बन गरेको पनि बताउनु भएको छ ।

    त्यस घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले रोजगारी दिने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले संसदमार्फत बताउनुभयो ।


    आइतवार, फाल्गुण ६ २०८०१२:३४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij