Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्री ज्वालालाई बर्खास्त गर्न संसदमार्फत एमालेको माग

मन्त्री ज्वालालाई बर्खास्त गर्न संसदमार्फत एमालेको माग

  • आइतवार, फाल्गुण ६ २०८०

  • 554
    SHARES

  • मन्त्री ज्वालालाई बर्खास्त गर्न संसदमार्फत एमालेको माग

    काठमाडौं। नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

    इपिएस परीक्षाको विषयमा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनामा मन्त्री ज्वाला दोषी देखिएको त्यो विषयमा गठित जाँचबुझ आयोगले नै निष्कर्ष निकालीसकेको भन्दै मन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान भएको २८–३० घण्टा बित्दा पनि ज्वाला मन्त्रीमै बहाल रहिरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

    उहाँले प्रधानमन्त्रीले ज्वालालाई बर्खास्त गरेको सूचना अहिलेसम्म नदिएको भन्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने बताउनुभयो।


    आइतवार, फाल्गुण ६ २०८०१२:२६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij