Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

  • आइतवार, फाल्गुण ६ २०८०

  • 407
    SHARES

  • प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

    आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ ।

    दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ सांसदले प्रश्न सोध्ने छन्।

    सांसदसँगको प्रत्यक्ष प्रश्न(उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन्।

    प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन्।

    यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन्। कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन्।

    ती प्रश्नको प्रधानमन्त्रीले संसद बैठकमा जवाफ दिनेछन्।

     

     


    आइतवार, फाल्गुण ६ २०८००७:०७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij