Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

“प्रकृति संरक्षण आज चुनौतीपूर्ण बन्यो” :राष्ट्रपति पौडेल

“प्रकृति संरक्षण आज चुनौतीपूर्ण बन्यो” :राष्ट्रपति पौडेल

  • शनिवार, फाल्गुण ५ २०८०

  • 433
    SHARES

  • “प्रकृति संरक्षण आज चुनौतीपूर्ण बन्यो” :राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षणको विषय चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएके हो।

    उहाँले आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको भन्दै प्रकृतिको अनुपम जैविक सृष्टिको रूपमा हामीले प्राणी तथा वनस्पति जगतलाई लिने गरेको र यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको बताउनु भयो।

    राष्ट्रपति पौडेलले यसलाई सुन्दर सृष्टिको रसास्वादन गर्ने मानवीय आँखाबाट हेर्नेमात्र होइन यसमा मानवीय विवेक, रचनात्मक गुण र क्षमताको माध्यमबाट सकारात्मक योगदान दिन सक्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको छ।

    उहाँले वन्यजन्तुबारे कुरा गरिरहँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व, वन्यजन्तुको चोरीशिकारी, अवैध व्यापारजस्ता वन्यजन्तु अपराधका घटनाहरू र यसको द्वन्द्व व्यवस्थापन, अपराध नियन्त्रण तथा संरक्षणका विद्यमान मुद्दाहरूलाई यथोचित प्रभावकारी रूपमा सम्बोधन कसरी गर्ने भनेर सोच्नुपर्ने आवश्यकता औल्याउनुभयो।


    शनिवार, फाल्गुण ५ २०८००४:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij