Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्री ज्वालालाई बर्खास्त गर्न अनेरास्ववियुको माग

मन्त्री ज्वालालाई बर्खास्त गर्न अनेरास्ववियुको माग

  • शनिवार, फाल्गुण ५ २०८०

  • 730
    SHARES

  • मन्त्री ज्वालालाई बर्खास्त गर्न अनेरास्ववियुको माग

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ।

    ललितपुरको बालकुमारी घटनाको सत्यतथ्य छानबिन गर्न गठीत जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारण घटना भएको निष्कर्ष निकालेपछि तत्काल बर्खास्त गरेर कारवाही गर्न अनेरास्ववियुले सरकारसँग माग गरेको हो।

    अनेरास्ववियुका अध्यक्ष समिक बडालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भिरतापुर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिन चाहन्छौँ। दोसीहरु उपर कार्वाही नगरिए अनेरास्ववियु सरकारको दण्डहीनतालाई प्रश्रय दिने रबैया विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुनेछ।

    सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको थियो।


    शनिवार, फाल्गुण ५ २०८००४:३३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij