Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालमा ‘समृद्ध नेपालः सुखी नेपाली’ विचारधारा विना समाजवाद स्थापना हुँदैन : केपी ओली

नेपालमा ‘समृद्ध नेपालः सुखी नेपाली’ विचारधारा विना समाजवाद स्थापना हुँदैन : केपी ओली

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 497
    SHARES

  • नेपालमा ‘समृद्ध नेपालः सुखी नेपाली’ विचारधारा विना समाजवाद स्थापना हुँदैन : केपी ओली

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा नै ‘समृद्ध नेपालःसुखी नेपाली’ रहेको बताउनु भएको छ।

    पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एवं पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणा अघि सारिएको बताउनु भयो।

    नेपालले गरिवीविरुद्धको लडाईँमा सफलता हासिल गरेरमात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको उहाँको भनाइ छ।

    ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्ने औंल्याउनु भएको छ।

    अध्यक्ष ओलीले राष्ट्रिय हित, पारस्पारिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताउनुभयाो।


    शुक्रवार, फाल्गुण ४ २०८००४:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij