Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 441
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ ।

    हिजोको बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो ।

    बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    उपसभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीति समेटिएको छ । नीति प्रस्तावमा उक्त विषयका वर्तमान चुनौती र समाधानका लागि पार्टीको प्रतिबद्धता पनि उल्लेख गरिएको छ ।

     


    शुक्रवार, फाल्गुण ४ २०८००७:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij