Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, आकार घटाइयो

माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, आकार घटाइयो

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 1.3K
    SHARES

  • माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, आकार घटाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनले केन्द्रीय कमिटी घटाउने निर्णय गरेको हो ।

    विधान अधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताउनुभयो ।

    माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ जना छन् । केन्द्रीय कमिटीको आकार ठूलो भएको भन्दै चर्को आलोचना भइरहेको बेला विधान मस्यौदा कार्यदलले १५१ सदस्यको प्रस्ताव गरेको थियो ।

    अध्यक्ष प्रचण्डले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संशोधित विधान प्रस्तुत गर्नुभएको छ । विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो ।


    बिहिवार, फाल्गुण ३ २०८००५:०४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij