Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 325
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने नेतृ डा. डिला संग्रौलाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने भएको छ। यस्तै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाउनुभयो ।

    बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता बीपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ।

    महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने रहेको छ ।


    बिहिवार, फाल्गुण ३ २०८००७:०३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij