Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई मागपत्र बुझाउने तयारीमा राप्रपा

प्रधानमन्त्रीलाई मागपत्र बुझाउने तयारीमा राप्रपा

  • बुधवार, फाल्गुण २ २०८०

  • 451
    SHARES

  • प्रधानमन्त्रीलाई मागपत्र बुझाउने तयारीमा राप्रपा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न विषय समेटिएको मागपत्र बुझाउने भएको छ। राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित मागपत्र बुझाउने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

    साथै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको छ।

    आज पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। राप्रपाले आन्दोलन परिचालन समितिको संयोजकमा उपाध्यक्ष डा.धवल शमशेर राणालाई तोकेको छ।


    बुधवार, फाल्गुण २ २०८००३:५२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij