काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ।
सचिवालय बैठकको एजेण्डा तय गर्न आज कार्यालय बैठक बस्दैछ।अबको केहीबेरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यालयको बैठक बस्ने अधिकारीले जानकारी दिनुभयो।