Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले गरे बसन्त श्रवण

राष्ट्रपति पौडेलले गरे बसन्त श्रवण

  • बुधवार, फाल्गुण २ २०८०

  • 383
    SHARES

  • राष्ट्रपति पौडेलले गरे बसन्त श्रवण

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बसन्त श्रवण गर्नुभएको छ। राष्ट्रपति पौडेलले काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा बसन्त पञ्चमीको अवसरमा बसन्त श्रवण गर्नुभएको हो।

    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो।

    बसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने बिश्वास छ। बसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ।

    यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ।यसदिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले बसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ।


    बुधवार, फाल्गुण २ २०८००२:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij