Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पृथ्वीनारायण शाहले अपनाएको फौजी रणनीतिहरूको अध्ययन भएको थियो : प्रचण्ड

पृथ्वीनारायण शाहले अपनाएको फौजी रणनीतिहरूको अध्ययन भएको थियो : प्रचण्ड

  • मंगलवार, फाल्गुण १ २०८०

  • 742
    SHARES

  • पृथ्वीनारायण शाहले अपनाएको फौजी रणनीतिहरूको अध्ययन भएको थियो : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु गर्नुअघि पृथ्वीनारायण शाहले अपनाएको फौजी तथा कार्यगत रणनीतिहरूको अध्ययन गरेर जनयुद्ध सुरु गरेको स्मरण गर्नुभएको छ ।

    मंगलबारदेखि काठमाडौंमा सुरु विधान सम्मेलनमा बोल्दै प्रचण्डले नेपालमा विगतमा भएका सङ्घर्ष क्रान्तिको अध्ययनका आधारमा जनयुद्धलाई अघि बढाएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘विशाल नेपाल बनाउनका लागि पृथ्वीनारायण शाहले अपनाएका फौजी र कार्यगत रणनीतिहरूमा त्यसको के महत्त्व थियो भन्ने बारेमा सबैभन्दा बढी हामीले अध्ययन गर्यौ । नेपालकै राजनीतिक सङ्घर्ष, वर्गसंघर्ष, क्रान्ति, नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा सशस्त्र विद्रोहको अनुभव, जुगेडी किसानको आन्दोलन लगायतको आधारमा नै नेपालमा जनयुद्ध सम्भव छ र जनयुद्धका माध्यमबाट सामन्तवादलाई परास्त गर्न सम्भव, निरङ्कुश तन्त्रलाई परास्त गर्न सम्भव छ भनेर हामीले जनयुद्धको थालनी गरेका थियौँ ।’

    प्रचण्डले जनयुद्ध नेपालको एउटा महान्, ऐतिहासिक र दूरगामी रणनीतिक पहल रहेको र आगामी दिनमा पनि यसको महत्त्व रहिरहने बताउनुभयो। सुरुमा यसको औचित्य, यसको ऐतिहासिक आवश्यकतालाई कैयौँ मानिसहरूले यसको अन्दाज गर्न नसकेको बताउनुभयो। जनयुद्धलाई अपमान गर्ने, यसको तिथि मिति तोक्ने, ३ महिना, ६ महिना भन्दा बढी टिक्न सक्दैन भनेर त्यति बेलाका केही नेताहरूले बोल्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

    उहाँले जनयुद्धका क्रममा कैयौँ कमजोरी गरेर ठुला क्षति भए पनि दृढ इच्छाशक्तिका कारण सामन्तवादमाथि विजय हासिल गर्ने, नेपालका उत्पीडित जाती, क्षेत्र, वर्ग, लिङ्ग, समुदायलाई पहिचान, अधिकार र आत्मसम्मान दिन सफल भएको बताउनुभयो ।


    मंगलवार, फाल्गुण १ २०८००२:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij