Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट धोका भएको प्रचण्डको अभिव्यक्ति

कांग्रेसबाट धोका भएको प्रचण्डको अभिव्यक्ति

  • सोमवार, माघ २९ २०८०

  • 1.9K
    SHARES

  • कांग्रेसबाट धोका भएको प्रचण्डको अभिव्यक्ति

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताउनुभएको छ ।

    कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उहाँले भन्नुभयो, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उहाँले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताउनुभयो ।

    केन्द्रीय कमिटीको बैठकमा उहाँले यस्तो बताउनुभएको जनाइएको छ । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उहाँले भन्नुभयो ।


    सोमवार, माघ २९ २०८००२:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij