काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेस्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा विभिन्न प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ।
आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९र८० पेस, सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
