Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, कारण यस्तो छ...

हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, कारण यस्तो छ...

  • आइतवार, माघ २८ २०८०

  • 805
    SHARES

  • हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, कारण यस्तो छ...

    काठमाडौं । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् ।

    राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले सरकारी बालगृहका एक उपनिर्देशकको सजाय माफ गरिदिएकी थिइन् । ती उपनिर्देशक बच्चालाई यौन शोषण सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका थिए ।

    यौन शोषणका दोषीलाई समेत सजाय माफ गरिदिको भन्दै राष्ट्रपतिको आलोचना भएको थियो । विरोध प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपतिको राजीनामा माग्दै आएका थिए ।

    राष्ट्रपति नोभाकले देशवासीलाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको बताइन् । बीबीसीका अनुसार उनले आफ्नो निर्णयप्रति खेद व्यक्त गरिन् र पदबाट राजीनामा दिएको बताइन् ।


    आइतवार, माघ २८ २०८००२:५०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij