Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अरुण चौधरीलाई तीन दिनमै छोडेकोमा गृहमन्त्री श्रेष्ठ असन्तुष्ट

अरुण चौधरीलाई तीन दिनमै छोडेकोमा गृहमन्त्री श्रेष्ठ असन्तुष्ट

  • आइतवार, माघ २८ २०८०

  • 568
    SHARES

  • अरुण चौधरीलाई तीन दिनमै छोडेकोमा गृहमन्त्री श्रेष्ठ असन्तुष्ट

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाउनुभएको छ ।

    आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अदालतले म्याद तोकेर २ दिनभित्र छाडिदेऊ भनेको न्यायिक इतिहासमा नै पहिलो भएको समेत जिकिर गर्नुभयो ।

    ‘हामीले म्याद माग्यौं, अदालतले दुई दिनमात्र दिन सक्छ, त्यसपछि सीआईबीको काम हो अनुसन्धान गर्ने । त्यसपछि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिँदैन भन्न पनि सक्छ । चाहियो भनेर गएपछि म्याद दिने कि नदिने अदालतले निर्णय गर्न सक्छ’, उहाँले भन्नुभयो, ‘अदालतले पहिला नै दुई दिनभित्र अनुसन्धान सक्नुपर्ने र त्यसपछि छोडिदेउ भनेर पुलिस अधिकारीलाई निर्देशन दिने अहिलेसम्मको न्यायिक इतिहासमा छैन, यो पहिलो हो ।’

    यद्यपि उहाँले अदालतप्रति आफ्नो सम्मान रहेको र आदेश कार्यान्वयन गर्ने बताउनुभयो ।

     


    आइतवार, माघ २८ २०८००२:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij