Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

योजनाको काम लिएर जाँदा मन्त्री भेट दिँदैनन्, मिडियामा जान नपरोस् : महरा

योजनाको काम लिएर जाँदा मन्त्री भेट दिँदैनन्, मिडियामा जान नपरोस् : महरा

  • आइतवार, माघ २८ २०८०

  • 501
    SHARES

  • योजनाको काम लिएर जाँदा मन्त्री भेट दिँदैनन्, मिडियामा जान नपरोस् : महरा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य महेशकुमार महराले सरकारका मन्त्रीहरूले विकास निर्माणका योजना लिएर जाने सांसदहरूलाई भेट नदिने गरेको आरोप लगाउनुभएको छ ।

    आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै महराले सांसदहरूलाई सरकारका मन्त्रीहरूले भेट नदिने गरेको गुनासो गर्नुभएको हो ।

    महराले आगामी दिनमा पनि मन्त्रीहरूले सांसदहरूलाई त्यसरी बेवास्ता गरेमा मन्त्रीका विरुद्धमा संसदमा कडा रूपले प्रस्तुत हुने र मन्त्रीहरूका विरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिनुभयो। उहाँले यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीहरूलाई निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।

    सांसद महराले यो विषयमा आफूहरू मिडियामा जान पनि पछि नपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रीहरू छन्, उहाँहरूलाई निर्देशन दिनुपर्‍यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।’

    उहाँले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। महराले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न माग समेत गर्नुभयो ।


    आइतवार, माघ २८ २०८००२:१७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij