Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ गर्न सुरु

माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ गर्न सुरु

  • आइतवार, माघ २८ २०८०

  • 435
    SHARES

  • माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ गर्न सुरु

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गर्न सुरु गरेका छन् ।

    बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गर्नुभएको छ ।

    बैठकमा पुनले अभियानका क्रममा काठमाडौं उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको सांगठनिक अवस्थाबारे जानकारी गराएको एक नेताले बताउनुभयो ।

    उहाँले उपत्यकामा माओवादीको सांगठनिक अवस्था निकै कमजोर रहेकाले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको छ ।

    चार महिना अभियानको क्रममा उहाँले बागमती प्रदेशअन्तर्गत भूगोलमा काम गर्नुभएको थियो । सातै प्रदेशका इन्चार्जहरूको रिपोर्टिङ सकिएपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राख्ने कार्यसूची रहेको ती नेताले जानकारी दिनुभयो ।


    आइतवार, माघ २८ २०८००१:४२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij