Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मन्त्रिमण्डल पुनर्गठन गर्दैछुँ, तामाङको मन्त्री बनाउँछु : प्रचण्ड

मन्त्रिमण्डल पुनर्गठन गर्दैछुँ, तामाङको मन्त्री बनाउँछु : प्रचण्ड

  • शनिवार, माघ २७ २०८०

  • 1.2K
    SHARES

  • मन्त्रिमण्डल पुनर्गठन गर्दैछुँ, तामाङको मन्त्री बनाउँछु : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताउनुभएको छ ।

    प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गर्नुभयो ।

    सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गर्नुभयो ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिनुभयो । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।


    शनिवार, माघ २७ २०८००५:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij