Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपालको अभियानमा दुर्गा प्रसाईंको समर्थन

राप्रपा नेपालको अभियानमा दुर्गा प्रसाईंको समर्थन

  • शनिवार, माघ २७ २०८०

  • 788
    SHARES

  • राप्रपा नेपालको अभियानमा दुर्गा प्रसाईंको समर्थन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुभएको छ। हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उहाँको भनाई थियो ।

    शनिवार जनकपुरका सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पार्नुभयो । ‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ’ थापाले भन्नुभयो, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।’

    उहाँले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गर्नुभयो । अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताउनुभयो ।

    अध्यक्ष थापाले आफूहरुले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिक व्यवस्था कुरा गरेको पनि दोहोर्याउनुभयो ।


    शनिवार, माघ २७ २०८००२:२९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij