Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालमा जगडिँदै भ्रष्टाचार, सरकार नै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप,भ्रष्टाचारी समाउदा राजनितीक दवाव बढेको सरकारको गुनासो(खासखबर)

नेपालमा जगडिँदै भ्रष्टाचार, सरकार नै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप,भ्रष्टाचारी समाउदा राजनितीक दवाव बढेको सरकारको गुनासो(खासखबर)

  • शुक्रवार, माघ २६ २०८०

  • 1.1K
    SHARES

  • नेपालमा जगडिँदै भ्रष्टाचार, सरकार नै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप,भ्रष्टाचारी समाउदा राजनितीक दवाव बढेको सरकारको गुनासो(खासखबर)

    काठमाडौं।नेपालमा भ्रष्टाचार एउटा रोग बनेर बसिरहेको छ। अर्थात भ्रष्टाचारको जालो यो वा त्यो ढंगले फैलिरहेको छ। कोही काण्ड देखिएका छन् भने कोही लुकेका र लुकाईएका काण्डहरु छन्। देशमा भ्रष्टाचारकै कारण आम जनता माथि उठ्न सकिरहेका छैनन् यो सवैलाई थाहा भएकै कुरा हो।

    पछिल्लो समय जति पनि भ्रष्टाचारका प्रकरण बाहिर आइरहेका छन् ती सबैमा दुईचार जना साना मान्छेलाई पक्राउ गरेर देखाउने र मूख्य भ्रष्टाचारीलाई बचाइराख्ने र प्रकरणहरु सामसुम पार्ने पुरानै खेल अहिले पनि जारी छ।

    बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा भर्खरै मात्र रिहा भएका छन् । भनिन्छ नि सानालाई ऐन ठुलालाई चयन यो देशमा यस्तै छ ।

    आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले देशमा अहिले व्यापक लुट र भ्रष्टाचार बढेको बताउनुहुन्छ। राज्यको काम भनेको अहिले भ्रष्टाचारीलाई चोख्याउने मात्रै भइरहेको बताउँदै भ्रष्टाचारलाई रोक्न नखोजेर राज्य कै माथिल्लो निकाय नै भ्रष्टाचारमा संलग्न रहेको आरोप शाहको छ ।

    राज्यको मूख्य नेतृत्वकर्ताको संलग्नताबिना यति ठुला भ्रष्टाचार र अपराधहरु हुनै नसक्ने नेता शाहको दाबी छ। भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जे जति कोशिस गरिरहेको छ त्यसमा अख्तियारको क्षमताले भ्याउने स्थितीसमेत नभएको पनि उहाँको तर्क छ ।

    नेतृत्व नै भ्रष्ट भएपछि यसविरुद्ध हुने र गरिने कारवाही सबै देखावटी र क्षणीक भएको पनि आरोप पनि नेताहरु माथि लाग्ने गरेको छ। केहि दिन अघिको संसद बैठकमा भ्रष्टाचार र ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने आवाज उठेको थियो।

    कांग्रेसका महामन्त्री गगन थापाले दल वा व्यक्तिको अनुहार हेरेर दिईने उन्मुक्ति मान्य नहुने बताउनु भएको थियो। गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने उहाँको भनाई थियो।

    प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाउनुहुन्छ। मुलुकमा एक पछि अर्का भ्रष्ट्राचारका काण्डहरु आईरहदा सरकारले कारवाही गर्न नसकेको र कानुनको दायरामा ल्याउन नसकेको बताउनुहुन्छ। एमालेले अवको संसद अवधिभर भ्रष्टाचार विरुद्ध आफुहरुले आवाज उठाउने बताउनु भएको छ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह गर्नुभएको छ। भ्रष्टाचार गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ। तीनै तहको सरकार, नागरिक समाज, सञ्चार माध्यम, सामाजिक संघ संस्था एवम निकायको विचमा भ्रष्टाचार विरुद्ध एकिकृत र समन्वयात्मक प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ।

    हामी संविधान,कानुन, नीति, योजना, कार्यक्रम, सन्धि सम्झौता आदि मार्फत् अधिकांश विषयमा प्रतिवद्ध छौं तर हाम्रो व्यवहारमा विचलन छ। प्रतिवद्धतालाई व्यवहारमा सावित गर्न सकेका छैनौं। त्यसैले भ्रष्टाचार हुने कारणहरूको पहिचान गरी कारणमा नै समाधान खोज्नु नितान्त आवश्यक छ।


    शुक्रवार, माघ २६ २०८००८:२४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij