Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माओवादी स्थायी समिति बैठक सुरु

माओवादी स्थायी समिति बैठक सुरु

  • शुक्रवार, माघ २६ २०८०

  • 428
    SHARES

  • माओवादी स्थायी समिति बैठक सुरु

    काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ।आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहिबेर अगाडी बैठक सुरु भएको हो।

    प्रथम विधान अधिवेशनको तयारीका लागि आज स्थायी समिति बैठक बसेको माओवादी केन्द्रले जनाएको छ। माओवादीको प्रथम विधान अधिवेशन फागुनको पहिलो हप्ता हुन लागेको छ।

    बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि छलफल हुने प्रमुख कार्यसुची रहेको छ। मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत हुने पार्टी सचिव गणेश साहले जानकारी दिनुभयो।


    शुक्रवार, माघ २६ २०८००४:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij