Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रास्वपाप्रति गगनको आक्रोश–‘जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गर्ने ?’

रास्वपाप्रति गगनको आक्रोश–‘जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गर्ने ?’

  • शुक्रवार, माघ २६ २०८०

  • 616
    SHARES

  • रास्वपाप्रति गगनको आक्रोश–‘जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गर्ने ?’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको भन्द आक्रोश पोखनु भएको छ।

    नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै नयाँ दलहरु निर्वाचनमा भाग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा मात्रै लागेको आरोप लगाउनुभयो ।

    महामन्त्री थापाले आफू जादुगर हुँ भन्दै आउनेहरु लोक रिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउनु भयो।

    विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम भइरहेको भन्दै संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्नेमा थापाको जोड दिनुभयो।

    उहाँले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको र देश सम्हाल्ने काम कांग्रेसकै भएको बताउँदै सुशासनलाई पार्टीले मुल मन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।


    शुक्रवार, माघ २६ २०८००४:०८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij