काठमाडौं। कोशी प्रदेश सरकारमा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ। मुख्यमन्त्री केदार कार्कीले कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको हो।
कांग्रेसबाट प्रदीप सुनुवार स्वास्थ्यमन्त्री र रामकुमार खत्री कृषिमन्त्री तथा इन्दिरा थापा राजयमन्त्री बन्नुहुने भएको छ। थापाको मन्त्रालय भने टुंगो लागिसकेको छैन।
यस्तै माओवादी केन्द्रबाट उदयपुरका नारायण बहादुर मगर र संखुवासभाका राजेन्द्र कार्कीलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ।
अहिले कोशी सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती तथा शमशेर राई आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ।
नवनियुक्त मन्त्रीहरुले आजै अपराह्न चार बजे शपथ ग्रहण गर्नुहुनेछ।