Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कोशीमा सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति(सहमति पत्रसहित)

कोशीमा सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति(सहमति पत्रसहित)

  • शुक्रवार, माघ २६ २०८०

  • 547
    SHARES

  • कोशीमा सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति(सहमति पत्रसहित)

    काठमाडौं। कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ।आज भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो।

    पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिनुभयो।

    प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति समेत भएको छ।

    पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले जानकारी दिनुभयो।

    koshi11_J4NYjXj5fT.jpg


    शुक्रवार, माघ २६ २०८००३:३३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij