Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

  • शुक्रवार, माघ २६ २०८०

  • 297
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ, बैठक भोलिसम्म चल्ने पार्टीका सचिव गणेश साहले बताउनुभयो ।

    फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ ।

    अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिनुभयो । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उहाँको भनाइ छ ।


    शुक्रवार, माघ २६ २०८००८:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij