Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

“सहकारी ठग र नागरिकता कीर्ते गर्नेलाई कारबाही गर्न कसले रोक्यो?” रवि लामिछाने

“सहकारी ठग र नागरिकता कीर्ते गर्नेलाई कारबाही गर्न कसले रोक्यो?” रवि लामिछाने

  • बुधवार, माघ २४ २०८०

  • 765
    SHARES

  • “सहकारी ठग र नागरिकता कीर्ते गर्नेलाई कारबाही गर्न कसले रोक्यो?” रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले सरकारी जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ।

    आज जारी रहेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारी जग्गा कीर्ते गर्ने, नागरिकता कीर्ते गर्ने र सहकारीका ठगहरुलाई कारबाही गर्न सरकारलाई कसले रोक्यो? भन्दै प्रश्न गर्नुभयो।

    उहाँले पुराना दलहरुलाई काम गर्न नयाँ दलले कहीँ पनि नरोकेको दाबी गर्दै आँफैले समेत वर्षौंदेखि चल्दै आएको संसदलाई आरोप प्रत्यारोप छेडखानी गर्ने ठाउँभन्दा फरक ढंगले जाऔं भन्ने प्रस्तावसहित आएको बताउनु भयो।

    उहाँले सम्बोधनमा प्रश्न गर्दै भन्नुभयो, “सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि? सरकारमै भए जस्तो लाग्छ। लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ। राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ,रोकेछ चाहिँ केले, नयाँ दलले?”


    बुधवार, माघ २४ २०८००२:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij