Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

“आउनुहोस् नयाँ सम्झौता गरेर अघि बढौं” : राजेन्द्र लिङ्देन

“आउनुहोस् नयाँ सम्झौता गरेर अघि बढौं” : राजेन्द्र लिङ्देन

  • बुधवार, माघ २४ २०८०

  • 554
    SHARES

  • “आउनुहोस् नयाँ सम्झौता गरेर अघि बढौं” : राजेन्द्र लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सम्झौता गरेर अघि बढ्न सबै दलहरुलाई आह्वान गर्नुभएको छ। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले राप्रपाले पछाडि फर्कने कुरा नगरेको भन्दै देशमा नयाँ सम्झौता गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो। त्यो गणतन्त्र होइन। अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो। सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो। त्यसकारण देश यही अवस्थामा राखिराख्न सकिदैन,राप्रपाले पडाडि फर्कने कुरा गरेको होइन। देश यही बसिराख्न सक्दैन। अब नयाँ सम्झौता गरेर अगाडि जाने कुरा गर्नुपर्यो ।”

    उहाँले कसैलाई निषेध गरेर जान नहुने भन्दै उहाँले देशले अवलम्बन गरेको प्रणाली दोषी रहेको बताउनु भयो। यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणालीबाट देश अघि बढ्न नसक्ने जिकिर गर्दै नवीन बाटोमा देशलाई अघि लैजानुपर्ने उहाँको भनाइ छ।

    उहाँले देश टक्क अडिएको जस्तो अवस्थामा रहेको भन्दै सरकारबाट सुशासनको कुरा आएपनि भ्रष्टाचार र लुट अघि बढेको उहाँको भनाइ छ। भ्रष्टाचार कहाँ छैन भनेर हेर्नुपर्ने अवस्था बनेको बताउनु भयो।


    बुधवार, माघ २४ २०८००२:११:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij