Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘वर्तमान सरकारकै कारण युवाहरुले धमाधम देश छोड्न थाले’ : नेकपा एमाले

‘वर्तमान सरकारकै कारण युवाहरुले धमाधम देश छोड्न थाले’ : नेकपा एमाले

  • बुधवार, माघ २४ २०८०

  • 443
    SHARES

  • ‘वर्तमान सरकारकै कारण युवाहरुले धमाधम देश छोड्न थाले’ : नेकपा एमाले

    काठमाडौं। नेकपा एमालेले वर्तमान सरकारबाट जनतामा व्यापक निराशा छाएपछी युवाहरुले धमाधम देश छाड्न थालेको आरोप लगाउनु भएको छ। आजको प्रतिनिधि सभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारबाट कुनैपनि आशा नभेटेपछी युवाहरु विदेशिन थालेको दाबी गर्नुभएको हो ।

    सम्बोधनमा गिरीले भन्नुभयो,‘मुलुकको अवस्था कहाली लाग्दो हुँदै गएको छ। वर्तमान सरकार र नेतृत्वबाट जनतामा व्यापक निराशा छाएको छ। जनताले आशा गर्ने ठाउँ कहि पनि भेट्न सकेको छैन। त्यहि कारणले आफ्नो आत्मविश्वास गुमाएर युवाहरु देश छाडेर विदेश भाग्नेक्रम सुरु भएको छ।’

    उहाँले सरकार गम्भीर बनेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेपनी उल्टै सरकारकै गैह्र जिम्मेवारपनका कारण संसदमा एक वर्षमा एउटामात्रै ऐन बनेको आरोप लगाउनुभयो। उहाँले जनतालाई असल नीति र कानुन दिनुपर्ने बताउनु भयो।


    बुधवार, माघ २४ २०८००१:५१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij