Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसहित तीनै जना रिहा

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसहित तीनै जना रिहा

  • बुधवार, माघ २४ २०८०

  • 645
    SHARES

  • बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसहित तीनै जना रिहा

    काठमाडौं। बाँसबारीस्थित सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले उनिहरुलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान जारी राख्न निर्देशन दिएपछी चौधरीसहित पक्राउ परेका व्यवसायी अजिनारायण सिंह थापा र सञ्जय ठाकुर रिहा भएका हुन्।

    केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले केही दिनअघी च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका चौधरी,बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक ठाकुरलाई बाँसबारी जुत्ता कारखानाको जग्गा निजीकरण गर्न खोजिएको भन्दै पक्राउ गरेको थियो।

    सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न दिएको आदेशानुसार उनिहरुलाई रिहा गरिएको हो।


    बुधवार, माघ २४ २०८००१:२४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij