काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।
पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए। बुढाथोकीको हिजो विराटनगरमा निधन भएको थियो। आजको प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।