Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देश विकासमा दलहरु चुक्नुमा चौतर्फि आलोचना, नेताहरुनै कमजोर धरातलमा उभिएको सांसदहरुकै तर्क (खासखबर)

देश विकासमा दलहरु चुक्नुमा चौतर्फि आलोचना, नेताहरुनै कमजोर धरातलमा उभिएको सांसदहरुकै तर्क (खासखबर)

  • मंगलवार, माघ २३ २०८०

  • 413
    SHARES

  • देश विकासमा दलहरु चुक्नुमा चौतर्फि आलोचना, नेताहरुनै कमजोर धरातलमा उभिएको सांसदहरुकै तर्क (खासखबर)

    काठमाडौं। छिमेकी दुई देशहरु चीन र भारतले विश्वसँग प्रतिस्पर्धा गरिरहेका बेला नेपालको अवस्था थप नाजुक बन्दै गएपछि राजनीतिक दल र व्यवस्थामाथि प्रश्न चिन्ह उठिरहेको छ । जताततै भ्रष्टाचारको गन्ध बढिरहेका बेला नेताहरुको नैतिकतामाथि समेत प्रश्न उब्जिएको हो।

    नागरिक दिनहुँ गरिबीको रेखामूनि पर्ने तर, राजनीतिमा आवद्धहरुको अस्वभाविक सम्पत्ति बढ्ने गरेकाले व्यवस्थाले दोष खेपिरहेको छ। जसका कारण सडक शक्तिहरु सलबलाइरहेका छन्। संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि ऐन नियम बन्न नसक्नु बिडम्बना हो।

    शान्ती सम्झौता भएको १७ वर्ष बितिसक्दा पनि टीआरसी विधेयक टुंगिन नसक्नु अर्को दुर्भाग्य बनेको छ। टीआरसी विधेयकलाई देखाएर राजनीतिक दलहरुले एकअर्काप्रति आरोप लगाउने बहाना पाएका छन्।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले राज्यसत्तामा बस्नेहरु निश्कलंक भइदिएको भए मुलुक हालत यो अवस्थामा नपुग्ने बताउनुभयो। हरेक ठाउँमा बेथिति बढिरहेका बेला सर्वसाधारणहरु सहकारीबाट ठगिनु थप दुभाग्र्य रहेको उहाँको भनाइ छ 

    जनताले मतदान गरेर राजनीतिक समिकरण परिवर्तन गर्न खोजेपनि नयाँ आएका दलहरुभित्र समेत पात्रहरु उहीँ पुरानै प्रवृत्तिका भएकोले निराशा छाएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि केही भरोसा गरेका जनताले त्यसका सभापति रवि लामिछानेको एकपछि अर्को रहस्य बाहिरिँदा सबैलाई एउटै तराजूमा हालेर जोखिरहेका छन् ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने लामिछानेमाथि राजनीतिक पूर्वाग्रह भएको बताउनु हुन्छ। नियम कानून अनुसार गलत भए कारबाही भोग्ने बताइरहँदा अरुका गल्ती छुपाउन नयाँ फण्डा झिक्ने प्रवृत्तिको हाबी भएको परियारको दाबी छ।

    बहालवाला मन्त्रीहरुले समेत जनतालाई सोचेअनुरुप डेलिभरी दिन नसक्दा मुलुकको अवस्था खराब बनिरहेको छ। कांग्रेस नेता रमेशजंग रायमाझीले मन्त्रीहरुले समेत कालाबजारी विचौलियालाई कारबाही गर्न सक्नुपर्ने बताउनुभयो।

    देशको वर्तमान अवस्थालाई सबै राजनीतिक दलहरुले नजरअन्दाज गरेर लाज पचाइरहेका छन् । बढ्दो विदेशिने दर र नेपालीहरुमाथि हरेक देशले गरिरहेको कडाइका कारण यहाँको अस्मितामा प्रहार गरिरहेको छ ।

    विद्यार्थीका नाममा कमाउन विदेशिने नागरिकले खर्बौँ रकम विदेश लगेका छन् । स्थानीय स्रोत साधनको भरपूर प्रयोग गरी सानो देशलाई समेत समुन्नत बनाउन नसक्नु सबैको लाचारी भएको छ ।


    मंगलवार, माघ २३ २०८००८:०५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij