Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

समुदायमा कांग्रेस अभियानका क्रममा आएका सुझाव लुम्बिनी सरकारलाई बुझाइयो

समुदायमा कांग्रेस अभियानका क्रममा आएका सुझाव लुम्बिनी सरकारलाई बुझाइयो

  • मंगलवार, माघ २३ २०८०

  • 356
    SHARES

  • समुदायमा कांग्रेस अभियानका क्रममा आएका सुझाव लुम्बिनी सरकारलाई बुझाइयो

    काठमाडौं । नेपाली समुदायमा कांग्रेस अभियानबाट आएका सुझावहरु लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्रमार्फत बुझाएको छ ।

    समुदायबाट आएका सुझाब र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार उहाको प्रदेश कार्यालय राप्ती उपत्यका भालुवाङमा बुझाएको हो ।

    ज्ञापन पत्रमा बाटोघोटो, सिचाई,खानेपानी,रोजगारी,गुणस्तरीय शिक्षा तथा सुशासनको ब्यबस्था,रुकुम पूर्वमा द्धन्दकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको,बैंकबाट लुटिएका सुन बाफत क्षतिपुर्ति प्राप्त नभएकोले तत्काल ती समस्या समाधान गरियोस,पुर्बि रुकुममा भरपर्दो ईन्टरनेटको ब्यबस्था गरियोस,रोजगारीको अभावमा ठुलो संख्यामा युवाहरु बिदेशी रहेका छन् त्यसले उद्यमशीलता बिकास गर्न रोजगारमुलक तालिम तथा र्निब्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामाग्री बजार ब्यबस्थापन गरियोस भन्ने माग गरिएको छ ।

    त्यस्तै,अर्घाखाचीका किसानको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैया बराबरको सुन्तला कुहियकाले मर्कामा परेका किसानहरुलाई क्षतिपुर्तिको ब्यबस्था गर्ने,प्युठान अर्घाखाची लगायत जिल्लामा शुरु गरिएको एक घर एक धारा अभियान अन्तर्गत सरकारी,स्थानीय समुदायले पुरा गरेको कामको अझै भूक्तानी हुन नसकेकाले तत्काल भूक्तानी गरियोस्,किसानका लागि समयमै मलखाद,बिउबिजनको ब्यबस्थाको माग गरिएको छ । भने सिंचाईको समस्या रहेको जिल्लाहरुमा सिचाईको ब्यबस्था गरियोस्, लुम्विनी प्रदेश अन्तर्गत पहाडी जिल्लाहरुमा संचालित अधिकासं क्याम्पस भवनहरु जिर्ण अबस्थामा रहेकाले तिनको मर्मत सम्भार र पुर्ननिर्माणका साथै प्राध्यापकहरुको तलवको सुनिश्चता गरियोस्,पाल्पाको भगवती मन्दीर,रानीमहल लगायतका पर्यटकिय महत्वका केन्द्रहरुको संरक्षण गरि प्रचार प्रसार गरियोस भन्ने माग नेपाली काग्रेसले मुख्यमन्त्री चौधरीसँग माग गरेको छ ।

    मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउदै नेपाली काग्रेस केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशको समुदायमा काग्रेस अभियानका संयोजक डा। डिला संगौलाले बुझाएको ज्ञापनपत्रमा महिला हिंसा,बालबिबाह तथा दाँजोप्रथालाई नियन्त्रण गरियोस्,जंगली जनावरहरु निलगाई,बँदेल नियन्त्रण गरियोस,जिंर्ण सडकहरुको मर्मत सम्भार गरियोस्,लुम्बिनी प्रदेशमा संचालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिईयोस्,प्रदेश सरकारले साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट ब्यापार ब्यबसाय गर्ने वातावरण निर्माण गरियोस्,गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन पुल पटक पटक भत्कीएर खोलाले बगाएकाले त्यस पुलको पुर्न निर्माणका लागि सुनिश्चीत गरियोस्,प्रदेश निजामति नियमावली र स्थानीय सरकार अन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन अनुरोध गरिएको छ ।

    क्रममागत बजेटमा बजेट सुनिश्चता गरियोस लगायत १४ वटा बुँदा सहितको ज्ञापन पत्र मुख्यमन्त्री चौधरीलाई बुझाउन समुदायमा काग्रेस अभियान अन्र्तगत लुम्बिनी प्रदेशको पाल्पा,गुल्मी,अर्घाखाची,रुकुम पुर्व,कपिलबस्तु,नवलपरासी,प्युठान र दाङ जिल्लाको जिम्मेवारी पाउनुभएका काग्रेस केन्द्रीय सदस्य डाक्टर डिना संगौलाको नेतृत्वमा नेपाली काग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ,महामन्त्री बिक्रम खनाल,सहमहामन्त्री बिष्णु खनाल र सहमहामन्त्री निमा गिरी रहेका थिए। ज्ञापन पत्र बुझदै पार्टी सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आबश्यकताको प्राथमिकतालाई समेटर बुझेको ज्ञापनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघिय सरकारबाट गर्नुपर्ने सवाललाई सिफारीस गर्ने चौधरीले बताए ।


    मंगलवार, माघ २३ २०८००४:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij