Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सहमतिमै टिआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

सहमतिमै टिआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

  • मंगलवार, माघ २३ २०८०

  • 485
    SHARES

  • सहमतिमै टिआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं । संसद्‍मा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक दलहरूको सहमतिका आधारमा टुङ्ग्याउने माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ ।

    मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले टीआरसी विधेयक संसद्बाट अनुमोदन गर्न मुख्य दलहरूसँग सहमति खोज्ने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अनुमोदन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दल एमाले सकारात्मक भएको जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभामा सत्तापक्ष सांसदहरूसँग सहकार्य गरेर प्रतिवाद गर्ने निर्णय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि बनेका विभिन्न समूहमध्ये माओवादीले ६ वटा समूहको नेतृत्व लिने उहाँले जानकारी दिनुभयो ।

    ‘मुख्य दलहरूको सहमतिमा टीआरसी विधेयक टुङ्ग्याउन पहल भइरहेको र यसमा प्रतिपक्ष एमालेसमेत सकारात्मक भएको प्रधानमन्त्रीज्यूले जानकारी दिनुभयो । संसद्‍मा सरकारको बचाउन प्रभावकारी ढङ्गले प्रस्तुत हुन निर्देशन दिनुभयो ।

    बैठकको तयारी सम्बन्धमा माओवादीले हिजो र आज दलको बैठक बोलाएको थियो । बैठकमा विपक्षी एमाले, रास्वपा, राप्रपा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।


    मंगलवार, माघ २३ २०८००१:५०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij