Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै

  • मंगलवार, माघ २३ २०८०

  • 449
    SHARES

  • माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज मंगलबार पनि बस्दै छ । हिजो सोमबार बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराउनुभएको थियो ।

    सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको थियो ।

    हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।


    मंगलवार, माघ २३ २०८००७:०३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij