Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता आह्वान

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता आह्वान

  • सोमवार, माघ २२ २०८०

  • 372
    SHARES

  • उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता आह्वान

    काठमाडौं। निर्वाचन आयोगले रिक्त स्थानमा उपनिर्वाचनको तयारी थालेको छ।उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो।

    विसं.२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्नपछि स्थानीय तह,प्रतिनिधिसभा र प्रदेशसभा गरी कूल २३ पद रिक्त छन्। सोही रिक्त पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको हो।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी भइरहेकोले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको जानकारी दिनुभयो।

    विभिध कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको हो।

    आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको जनाउँदै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ।

     


    सोमवार, माघ २२ २०८००२:५७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij