काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो।
सोमबार(आज) प्रतिनिधि सभामा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुनेछ। बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले माओवादीले संसद्मा खेल्ने भूमिकाको विषयमा ब्रिफिङ गरिरहनुभएको छ।