Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

  • सोमवार, माघ २२ २०८०

  • 412
    SHARES

  • संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
    काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशनको पहिलो बैठक आज अपराह्न: ४ बजे बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गर्नुभएको हो। 
     
    बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपतिको पत्रपछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु हुने छ।
     
    बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
     
    बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुहुने छ ।
     
    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
    ss_9elbSjUEsR.jpg


    सोमवार, माघ २२ २०८००६:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij