Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कोरियाका राजदूत योङसिकबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कोरियाका राजदूत योङसिकबीच भेटवार्ता

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कोरियाका राजदूत योङसिकबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।
    भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ ।

    भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपाल समेत परेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा समेत गर्नुभएको छ ।

    नेपालको ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । भेटवार्तामा राजदूत योङसिकबाट भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो कि भन्दै चासो व्यक्त भएको थियो ।

    अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सँधै नेपालको प्राथमिकतामा रहेको बताउनुभयो । राजदूत नियुक्तिमा भएको ढिलाई प्रति सरकार सचेत रहेको भन्दै छिट्टै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।


    बुधवार, कार्तिक ५ २०७७०२:५९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij