Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजालाई माधव नेपालको चुनौती– देश राम्रोसँग चलेको जस्तो नलागे चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ

पूर्वराजालाई माधव नेपालको चुनौती– देश राम्रोसँग चलेको जस्तो नलागे चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ

  • शनिवार, माघ २० २०८०

  • 896
    SHARES

  • पूर्वराजालाई माधव नेपालको चुनौती– देश राम्रोसँग चलेको जस्तो नलागे चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ ।

    नेपालले देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा शाह संवैधानिक प्रक्रियाबाट आफैँ प्रधानमन्त्री बन्न सक्ने बताउनुभएको हो

    शनिबार (आज) ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,, ‘यदि राज्य शासन प्रणाली ठिक ढङ्गले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ।’

    पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा राख्दै आउनु भएको छ । सत्ता साझेदार दलका अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको पनि बताउनुभयो ।


    शनिवार, माघ २० २०८००४:०४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij