Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माघ १९ स्मरण : राजा ज्ञानेन्द्रको त्यो राजनीतिक ‘कू’ (खास खबर)

माघ १९ स्मरण : राजा ज्ञानेन्द्रको त्यो राजनीतिक ‘कू’ (खास खबर)

नेपालको प्रजातन्त्रिक आन्दोलनमा कालो दिनको रुपमा व्याख्या
  • शुक्रवार, माघ १९ २०८०

  • 500
    SHARES

  • माघ १९ स्मरण : राजा ज्ञानेन्द्रको त्यो राजनीतिक ‘कू’ (खास खबर)

    काठमाडौं । आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिनको रुपमा सम्झना गरिँदै छ । नेपालको प्रजातन्त्रिक आन्दोलनमा कालो दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । २०६१ सालको माघ १९ गते राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिनुभएको थियो । दरबार हत्याकाण्डलगत्तै राजा बन्नुभएका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराउनुभएको थियो । दरबार हत्याकाण्डपछि मुलुकमा राजसंस्थाको अन्त्य भइसकेपनि ज्ञानेन्द्रले विभिन्न उस्काहटमा शासनसत्ता आफ्नो मुठ्ठीमा लिनुभएको थियो । नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष केशव बडालले आजको दिनलाई नेपाली राजनीतिको कालो दिनमा रुपमा स्मरण गर्नुपर्ने बताउनुभयो ।

    हाल संसदमा विद्यमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले ‘कू’ नभइ द्वन्द्वमा फसिरहेको देश लाई किनारा लगाउने प्रयत्न गरेको बताउँदै आएको छ । राजाले गलत निर्णय लिएको भए देशमा लोकतन्त्र नआउने राप्रपाका सांसद धवलशम्शेर जबराको दाबी छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले देश सम्हाल्नका निम्ति राजालाई गुहार गरेको जबराको भनाइ छ ।

    स्थापित लोकतन्त्रमाथि हमला भएको र निरंकुशतातर्फ देश गएको रुपमा आजको दिनलाई चित्रण गर्न सकिने राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ । यद्यपि अहिले पनि दलहरुले केही गर्न सकेका छैनन् ।

    शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गर्नुभएको थियो । शाहले रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराएको थियो । सो समयमा राजनीतिक दलका नेताहरु गिरफ्तार हुनेदेखि बन्दी बनाइएको थिए । सोही बेला माओवादी सशस्त्रद्वन्द्व चर्किएर पुनः राजा अपदस्थ भएका थिए ।


    शुक्रवार, माघ १९ २०८००८:०४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij