काठमाडौं। नेपाली कांग्रेसका सांसदहरु संसद् बैठक चलेको बेला काठमाडौँ उपत्यका छाड्न नपाउने भएका छन्। आज बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिएको हो।
यस्तै कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य सांसदहरुलाई उपस्थित हुन पनि निर्देशन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
नेता लेखकले बैठकको निर्णय सुनाउँदै भन्नुभयो, ‘संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यहरुले राजधानी नछाड्ने, यदि अत्यावश्यक कामले राजधानी छाड्नुप¥यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देश गरेको छ।’