Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जनताको समस्या राजनीति एजेण्डा नबनेसम्म लोकतन्त्र सबल हुँदैन : गगन थापा

जनताको समस्या राजनीति एजेण्डा नबनेसम्म लोकतन्त्र सबल हुँदैन : गगन थापा

  • शुक्रवार, माघ १९ २०८०

  • 422
    SHARES

  • जनताको समस्या राजनीति एजेण्डा नबनेसम्म लोकतन्त्र सबल हुँदैन : गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र लोकतन्त्र सबल हुन जनताका समस्या र आवश्यकता राजनीतिक मुद्दा बन्नुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राख्नुभयो।

    संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिनुभयो।

    महामन्त्री थापाले संवाद यात्राका क्रममा जानकारीमा आएका विषयलाई अबको बजेटमासमेत प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।


    शुक्रवार, माघ १९ २०८००१:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij