Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टिआरसी विधेयक सबैको सहमतिपछी पास गर्नुपर्छ : केपी ओली

टिआरसी विधेयक सबैको सहमतिपछी पास गर्नुपर्छ : केपी ओली

  • शुक्रवार, माघ १९ २०८०

  • 589
    SHARES

  • टिआरसी विधेयक सबैको सहमतिपछी पास गर्नुपर्छ : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिआरसी विधेयक सहमतिबाटै पास गर्नुपर्ने बताउनु भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि बाहिरिने क्रममा उहाँले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनु भएको हो ।

    पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने र विधेयकलाई पनि छिटो टुङ्ग्याउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो,‘‘शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा, अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुङ्ग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत् छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’’

    अध्यक्ष ओलीले टिआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत् रहेको पनि बताउनुभयो ।


    शुक्रवार, माघ १९ २०८००१:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij