Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक आज बस्ने

कांग्रेस संसदीय दलको बैठक आज बस्ने

  • शुक्रवार, माघ १९ २०८०

  • 364
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक आज बस्ने

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिनुभयो ।

    बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभएको छ ।

    संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उहाँको भनाइ छ ।


    शुक्रवार, माघ १९ २०८००८:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij