Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारको आलोचनामा गठबन्धन दलहरुको बचाउ, प्रतिपक्षी दल एमालेकै लचकता(खासखबर)

सरकारको आलोचनामा गठबन्धन दलहरुको बचाउ, प्रतिपक्षी दल एमालेकै लचकता(खासखबर)

  • बिहिवार, माघ १८ २०८०

  • 703
    SHARES

  • सरकारको आलोचनामा गठबन्धन दलहरुको बचाउ, प्रतिपक्षी दल एमालेकै लचकता(खासखबर)

    काठमाडौं। सरकारले जनचाहना अनुसार विकास र समृद्धिमा ध्यान दिन नसकेको आवाज उठिरहेका बेला गठबन्धन दलहरु बचाउमा उत्रिएका छन् । अहिले मुलुकमा देखापरेको समस्या हालै सिर्जना भएको नभई लामो समयदेखि थाती रहेको भन्दै उनीहरुले बचाउ गरेका हुन् ।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद भानुभक्त जोशीले कोभिड लगायत दैविक प्रकोपका कारण मुलुकको अर्थव्यवस्थामा असर परेको बताउनुभयो । हाल सरकारमा रहेका मन्त्रीहरुले पनि भ्रष्टाचार गरेको र सुशासनको विरुद्धमा हिडेको सुुन्नमा नआएकोले सरकारलाई दोष थुपार्न नहुने उहाँको दाबी छ ।

    देशमा सुशासन र विकास गर्नका लागि सरकार बलियो हुनुपर्ने कुटनीतिज्ञ एवं विश्लेषक डा. लोकराज बरालको भनाइ छ । हालको सरकारले आफै निर्णय गर्न नसक्ने बताउँदै बरालले अरुको इशारामा चल्दा समस्या आइरहेको बताउनुभयो । हालको प्रणालीले स्थिर र बहुमतको सरकार दिन नसक्ने हुँदा समस्या बल्झिरहने देखिएको छ । सिमित समयका लागि मात्रै सरकारमा जाने र निस्कने अवस्थाले पनि समस्या निम्तने गरेको छ ।

    पछिल्लो समय प्रतिपक्षी दलपनि सरकारसँग लचक भइरहेको अधिकांश विश्लेषकहरुले बताउने गरेका छन् । विभिन्न भागबण्डामा समाहित हुने र गठबन्धन भत्काउनका लागि जस्तोसुकै सौदाबाजी गर्न तयार देखिएकाले एमालेको भूमिकामा पनि शंका पैदा गरेको उनीहरुको भनाइ छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरुले सरकारलाई आवश्यक ठाउँमा सुझाव दिइरहेको र गलत क्रियाकलापमा खबरदारी गरिरहेको बताउनुभयो ।

    सरकारलाई सही बाटोमा दिशानिर्देश गर्ने काम प्रतिपक्षी दलको पनि हुन्छ । प्रतिपक्षीले विभिन्न ठाउँमा आँखा चिम्लिए सरकार अराजक बन्ने र जनताले दुःख पाउने अवस्था सिर्जना हुने गर्दछ । त्यसैले मुलुकलाई गरिबीबाट निकास दिन र विकास गर्न सक्षम नेतृत्वको जहिलेपनि अभाव खड्किरहेको देखिन्छ ।
    ००००


    बिहिवार, माघ १८ २०८००८:०७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij